अध्यादेशको विरोध भएपछि सांसदसँग छलफल गर्दै रास्वपा



काठमाडौं । अध्यादेशको विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग छलफल गर्न लागेको छ ।

 संसद् रोकेर सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेसँगै सरकारको चौतर्फी आलोचना भएको छ। यसै विषयमा छलफल गर्न रास्वपाले सांसदहरुसँग अनौपचारिक छलफल गर्न लागेको हो ।

सरकारले मंगलबार मात्रै दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मिति : बैशाख १६, २०८३ बुधबार  ११ : २० बजे