शेखर कोइराला समूहको भेला आज



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आज आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् ।

भेलामा निवर्तमान केन्द्रीय सदस्य, बहालवाला केन्द्रीय सदस्य (विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति), सांसद र पूर्वसांसदहरु, जिल्ला सभापति, पूर्वजिल्ला सभापतिहरु, क्षेत्रीय सभापतिहरुलाई बोलाइएको छ ।

भेला बिहान ८ बजेदेखि बालुवाटारस्थित ओपेरा होटलमा सुरु हुने कोइरालाको सचिवालयले जनाएको छ ।

यसअघि बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आफ्नो समूहको भेला बोलाएरका थिए ।

प्रकाशित मिति : बैशाख १७, २०८३ बिहीबार  ८ : २४ बजे