बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर



काठमाडौं । सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ।

आज शुक्रबार सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो।

प्रकाशित मिति : बैशाख १८, २०८३ शुक्रबार  १० : १३ बजे