सरकारले हाम्रो नम्रतालाई कमजोरी नठानोस् : गगन थापा



काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस ९मे–डे० को अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सरकारलाई विधि र प्रक्रियाको सम्मान गर्न सचेत गराएका हुन् ।

पछिल्लो समय आफ्नो मौनतालाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै थापाले प्रतिपक्षी दलको हैसियतले अब ‘मौनता तोड्ने’ बेला आएको बताए ।

सरकारलाई बहुमतको अहङ्कारमा नअल्झिन चेतावनी दिँदै थापाले ‘कानूनको शासन’ र ‘कानुनद्वारा शासन’ बीचको भिन्नता बुझ्न आग्रह गरे ।

प्रकाशित मिति : बैशाख १८, २०८३ शुक्रबार  ४ : ३७ बजे