आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै



काठमाडौं। संसारभरका पत्रकार र सञ्चारकर्मीहरूको हक-हित था प्रेस स्वतन्त्रताको रक्षाका निम्ति आज ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मे ३ तारिखलाई प्रेस स्वतन्त्रताको विशेष दिवसका रूपमा मनाउन थालिएको हो।

हरेक वर्षको मे ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्त्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार सङ्कलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झना र सम्मान गर्दै मनाइन्छ ।

प्रकाशित मिति : बैशाख २०, २०८३ आईतबार  ८ : ०२ बजे