सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् ।

सोमबार गृहसचिव राजकुमार श्रेष्ठले आइजिपी पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) को भूमिकामा रहेका पौडेललाई संगठनको सर्वोच्च पद महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेसँगै उनले औपचारिक रूपमा सशस्त्र प्रहरीको नेतृत्व सम्हालेका छन्।

तत्कालीन महानिरीक्षक राजु अर्यालले गत वैशाख १८ गतेबाट अनिवार्य अवकाश पाएपछि रिक्त रहेको सशस्त्र प्रहरी प्रमुखको जिम्मेवारी पौडेलले प्राप्त गरेका हुन्।

प्रकाशित मिति : बैशाख २१, २०८३ सोमबार  १० : २६ बजे