शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश



२१ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

व्यवसायी गोल्छालाई गत ११ वैशाखमा सिआइबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका पक्राउ गरि काठमाडौं जिल्ला अदालतको अनुमति लिएर थुनामा राख्दै आएको थियो ।

गोल्छा थुनामा परेपछि उनकि पत्नी सीमा गोल्छाले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिईन् । सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको हो ।

सर्वोच्चले गोल्छासँग धरौटी वा जमानत माग गरी ऐनको दफा १०४ को कानूनी व्यवस्था अनुसार आवश्यक अनुसन्धान गर्न र धरौटी वा जमानत दिन नसकेको अवस्थामा मात्र हिरासतमा राख्न परमादेश समेत जारी गरेको छ ।

उनी गत ११ वैशाखमा पक्राउ परेका थिए । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै उनलाई नेपाल प्रहरकिो केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : बैशाख २१, २०८३ सोमबार  ७ : ०३ बजे