सरकारलाई हर्क साम्पाङको खुला पत्र- काम गर्न नसके मार्ग प्रशस्त गर्न सुझाव



काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।

बालेन साह नेतृत्व सरकारको कार्यशैलीलाई लिएर आपत्ति जनाउँदै साम्पाङले सीमा सुरक्षा, सुकुमबासी समस्या र देशको अर्थतन्त्रका विषयमा गम्भीर प्रश्नहरू उठाएका छन् ।

नेपालको लिपुलेक हुँदै भारतले कैलाश(मानसरोवर जाने बाटो बनाइरहँदा सरकार किन मौन बसेको भन्दै उनले प्रश्न गरेका छन्। केवल कूटनीतिक नोट पठाएर झारा टार्ने काम भएको भन्दै उनले नेपाल, भारत, चीन र संयुक्त राष्ट्र संघलाई राखेर चतुर्पक्षीय वार्ता गरी सीमा जोगाउन माग गरे।सेनालाई मन्त्रीहरूको व्यक्तिगत पाले बनाइएको वा ढोका खोल्ने काममा लगाइएको भन्दै उनले आक्रोश व्यक्त गरे। सिमानामा सेना नभएकै कारण सीमा मिचिएको भन्दै सेनालाई सीमा रक्षाका लागि सिमानामै खटाउनुपर्ने उनको तर्क छ।

प्रकाशित मिति : बैशाख २२, २०८३ मंगलबार  १२ : ३६ बजे