संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडैलले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका छन् ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरे अनुसार राष्ट्रपति पौडैलले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका हुन् ।
यही वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयबाट मंगलबार ९वैशाख २२० जारी विज्ञप्तिमा भनिएको छ ।














