आइसिसी विश्वकप लिग–२ श्रृंखलामा तेस्रो जितपछि दबाब घटाउँदै नेपाल



काठमाडौं । गुलसन झाको पाँच विकेट प्रेरणामा नेपालले आइसिसी विश्वकप लिग–२ मा ओमानलाई हराउँदै त्रिकोणात्मक श्रृंखलामा तेस्रो जित निकालेको छ ।

कीर्तिपुरमा भएको शृंखलाको अन्तिम खेलमा मंगलवार गुलसन चम्कँदा नेपाली टोलीले पाहुना टोली ओमानमाथि ८१ रनको जित निकाल्दै त्रिकोणात्मक श्रृंखलामा सुखद् अन्त्य ग¥यो ।

संयुक्त अरब इमिरेट्स ९युएई० र ओमान सम्मिलित त्रिकोणात्मक श्रृंखलामा नेपालको यो तेस्रो जित हो ।

नेपालले टोलीले एक मात्र हार ओमानसँग व्यहोरेको थियो । तर शृंखलाको दोस्रो भेटमा भने नेपालले ओमानलाई सहजै हरायो । लिग–२ को साइकलमा पहिलोपल्ट नेपालले अंकतालिकाको तेस्रो स्थानमा रहेको ओमानलाई हराएको हो ।

सातौं स्थानमा रहेको नेपालले २४ खेलबाट १८ अंक जोड्यो ।

प्रकाशित मिति : बैशाख २२, २०८३ मंगलबार  ८ : १२ बजे