प्रधानमन्त्री कार्यालयले माग्यो पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारीको यथार्थ विवरण



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरिरहेको सवारीसाधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई कडा निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानूनले तोकेकोभन्दा बढी सवारीसाधन प्रयोग गरेको वा फरकफरक निकायबाट दोहोरो सुविधा लिइरहेका तथ्य फेला पारेपछि गृहसँग विवरण माग गरिएको हो।

निर्देशनमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण बुधबार कार्यालय समयभित्र इमेलमार्फत पठाउन ताकेता गरिएको छ ।

प्रकाशित मिति : बैशाख २३, २०८३ बुधबार  १ : १६ बजे