कांग्रेस विवाद सल्टाउन गगन–विश्व र पूर्णबहादुरबीच भेटवार्ता



काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँग भेटेर पार्टीको आन्तरिक विवाद मिलाउने विषयमा छलफल गरेका छन् ।

बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई साथमा लिएर सभापति थापाले गोल्फुटारस्थित निवासमै पुगेर पार्टीका पूर्वकार्यवाहक सभापित खड्कासँग कुराकानी गरेका हुन्।

खड्काले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी पूर्ण एकता कायम गर्न आफू तयार रहेको बताएका थिए । यसअघि सभापति थापाले वैशाख ६ गते पनि खड्कालाई उनकै निवासमा पुगेर भेटेका थिए ।

खड्काले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी पूर्ण एकता कायम गर्न आफू तयार रहेको बताएका थिए ।सभापति थापाले आफूसँग वैशाख ६ गते गरेको भेटबारे नेता खड्काले आफ्नो समूहका नेताहरूको भेलामा ब्रिफिङ गरेका थिए । वैशाख १५ गते स्मार्ट होटलमा भएको समूहको भेलामा खड्काले पार्टीलाई कसरी एकताबद्ध गरेर लैजाने भन्नेबारे सभापतिले सुझाव मागेको र त्यसबारे आफूले सुझाव दिएको नेताहरूसमक्ष उल्लेख गरेका थिए ।

प्रकाशित मिति : बैशाख २३, २०८३ बुधबार  ३ : २३ बजे