कस्तो रहला आज देशभरको मौसम ?



काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो चौबीस घन्टामा सातै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपात हुने र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा तथा मधेश र बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना छ।

प्रकाशित मिति : बैशाख २४, २०८३ बिहीबार  ७ : २५ बजे