सुनचाँदीको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ।

सुनको मूल्य तोलामा एक हजार ८०० र चाँदी १०५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ।हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलाको पाँच हजार १५५ रुपैयाँ कायम भएको छ ।बुधबार चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : बैशाख २४, २०८३ बिहीबार  ११ : २३ बजे