काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ।
आज एक हजार तीन सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला पाँच हजार एक सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दुई सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।














