काठमाडौं। चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।
बिहिबार बसेको संवैधानिक परिषदको बैठकले चौथो वरीयतामा रहेको न्यायाधीश डा.शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरिएको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस प्रथम दृष्टि मै संविधानको आधारभूत परिकल्पना विपरीत रहेको एवम् यसले न्यायिक स्वतन्त्रतामा गम्भीर हस्तक्षेप हुने जिकिर गर्दै रिट पेस गरेका हुन् ।














