यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने, तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण



काठमाडौं । यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षाको प्रक्षेपण गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अर्थात चार महिनाको ऋतुगत मौसम आँकलन गर्दै देशभर औसतभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम औसतभन्दा बढी हुने जनाएको छ ।

विभागको जलवायु विज्ञान महाशाखाले जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुको जलवायु आँकलन सार्वजनिक गर्दै पानी कम पर्ने र अधिकतम तथा न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने अर्थात् गर्मी बढ्ने पूर्वानुमान गरेको हो।

विभागका मौसमविद् सुदर्शन हुमागाईंले दक्षिण एशियाली जलवायु पूर्वानुमान मञ्च (सास्कोफ)ले सन् २०२६ को मनसुन अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको र सोहीअनुसार विभागले औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरेको बताए ।

हुमागाईंका अगामी मनसुनमाअनुसार कर्णाली, वागमती र कोशी प्रदेशका उत्तरी भूभागबाहेक अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुनेछ ।

प्रकाशित मिति : बैशाख २५, २०८३ शुक्रबार  ३ : ३६ बजे