काठमाडौं । संघीय संसद् सचिवालयले ट्रेड युनियन अस्तित्वमा नरहेको जानकारी गराएको छ।
संघीय संसद् सचिवालय कर्मचारी प्रशासन शाखाले सूचना जारी गर्दै केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशबाट ट्रेड युनियनको व्यवस्था खारेज भएको जानकारी गराएको हो ।
सचिवालयद्वारा जारी सूचना अनुसार, ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ को अध्यादेश नम्बर ७ ले संघीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ७३ मा रहेको साविकको व्यवस्थालाई संशोधन गरेको छ। त्यसअनुसार कर्मचारी युनियन खारेज भएको हो।














