काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार सोही परिणामको सुन २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार २७५ रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














