काठमाडौं। इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको छ।
आज बिहान पौने सात बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको चक्कामा आगो लागेको थियो। आगो लागेको थाहा पाउनेबित्तिकै दमकलको प्रयोग गरेर नियन्त्रणमा लिइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानमा रहेका चार बालबालिकासहित २७७ जना यात्रु नै सुरक्षित रहेका छन्।














