मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्।

अहिले साढे दश बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा तय गरिएको यस बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, प्रशासनिक निर्णयहरू र जनसरोकारका विविध विषयमा छलफल हुने बताइएको छ।

बैठकमा विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरूमाथि विचार–विमर्श गरी आवश्यक निर्णय लिइने कार्यसूची रहेको छ।

प्रकाशित मिति : बैशाख २८, २०८३ सोमबार  १० : ४२ बजे