राष्ट्रपतिले संसद्‌मा गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृत



काठमाडौं। मन्त्रिपरिषद्को बैठकले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने सम्बोधनको मस्यौदालाई स्वीकृत गर्ने निर्णय गरेको छ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट गरिने उक्त सम्बोधनलाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले सोमवार अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए।

प्रकाशित मिति : बैशाख २८, २०८३ सोमबार  ११ : ३१ बजे