रास्वपाले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आगामी वैशाख ३० गतेका लागि बैठक बोलाइएको हो।

केन्द्रीय समिति बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने र सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको प्रवक्ता मनिष झाले बताए।

प्रकाशित मिति : बैशाख २९, २०८३ मंगलबार  १० : ३२ बजे