काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) संसदीय दलको नेता पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।
दिउँसो १ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्नका लागि समय माग गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनबाट रुकुम पूर्वबाट निर्वाचित भएका प्रचण्डले चैत १२ गते बसेको संसदको पहिलो बैठकमा भने सम्बोधन गरेका थिएनन्।
यस पटकको निर्वाचनमा विजयी हुने प्रचण्ड एक्ला पूर्वप्रधानमन्त्री हुन्।














