रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के छ एजेन्डा ?



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेले पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक आह्वान गरेका हुन् ।

बिहान ९ बजेका लागि तय गरिएको बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी र व्यवस्थापनबारे विस्तृत छलफल हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

प्रकाशित मिति : बैशाख ३०, २०८३ बुधबार  ८ : १२ बजे