काँग्रेसले भन्यो- नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री नआए संसद बैठक बिहष्कार गर्छौं



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रमबारे जवाफ दिन पनि प्रधानमन्त्री बालेन्द्र साह उपस्थित नभए संसद बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम छलफल गरियोस भन्ने प्रश्ताव पेश गर्न हुने तर त्यसको जवाफ प्रधानमन्त्री साह आफैँले दिनुपर्ने धारणा काँग्रेस नेता अर्जुननरसिंह केसीले राखे ।

“प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले तोकेको मन्त्रीले प्रस्ताव टेबल गर्नु सामान्य परम्परा भए पनि गम्भीर छलफल र जवाफ दिने बेलामै प्रधानमन्त्री नआउनु स्वीकार्य छैन,” केसीले भने। उनले प्रस्ताव प्रस्तुत गर्दा मन्त्रीले गरे पनि नीतिगत प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री नै रोस्टममा उभिनुपर्ने अडान राखे।

उनले प्रधानमन्त्री साहले संसदलाई उपेक्षा गरेको विषयमा भने आपत्ति जनाए ।

प्रकाशित मिति : बैशाख ३०, २०८३ बुधबार  १ : ३४ बजे