काठमाडौं । संघीय संसद्, राष्ट्रियसभामा आजबाट नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
बिहान सवा ११ बजेका लागि बैठक बोलाइएको छ ।
प्रधानमन्त्री बालेन शाहले आर्थिक वर्ष २०८३–०८४ का लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा अध्यक्षले नीति तथा कार्यक्रममा माथि पेस भएका संशोधन प्रस्ताव निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।














