काठमाडौं । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ ।
गत २९ वैशाखको बैठकमा उनले बोल्दे क्रममा व्यक्त गरेका दुई वटा शब्द प्रतिनिधिसभाको अभिलेखबाट हटाउन निर्देशन दिइएको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार, ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो’ भन्ने शब्द सभाको अभिलेखबाट हटाइएको हो ।














