सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गर्‍यो: रामकुमारी झाँक्री



काठमाडौं । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा भय र त्रास सिर्जना गर्ने काम गरेको आरोप लगाएकी छिन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हून्।

उनले सरकारले निजी क्षेत्रलाई पहिले थुन्ने अनि सुन्ने काम गरिरहेको भन्दै पहिले सनेर त्यसपछि मात्र थुन्न आग्रह गरिन्।

उनले भनिन्, ‘सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरा हो । यसमा बुँदा घटाइएको छ । पुरानै कार्यक्रमहरु दोहो¥याएर खाँदेर लेखिएको छ । त्यसकारण यसमा कुनै कमेन्ट गरिरहनुपरेन । यति ठुलो जनमत पाएर आएको पार्टीले एकपटक सबै क्षेत्रमा डिपार्चर गर्ने मौका चाँही थियो । त्यो मौका नेपालको राजनीतिक इतिहासमा सबै पार्टीलाई जनताले एक न एक पटक दिएका छन् । तर हरेक पटक नेपाली जनताको परिवर्तन र रुपन्तरणको चाहाना परम्परागत कुराबाट कुण्ठित हुने कुरा देखिने भयो । यो नीति तथा कार्यक्रममा पनि यही कुरा देखिन्छ । यहाँ त निजी क्षेत्रलाई पहिले थुन्न अनि सुन्ने काम भएको छ । अहिले काम गर्ने वातावरण सिर्जना गर्नुभन्दा भय र त्रास सिर्जना गर्ने काम भइरहेको छ ।,

उनले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पुरानै पुरानै कार्यक्रमहरुको निरन्तरता भएको टिप्पणी पनि गरिन् । उनले जनताले दिएको ठूलो जनमतको अवसरलाई सरकारले उपयोग गर्न नसकेको पनि बताइन्।

प्रकाशित मिति : बैशाख ३१, २०८३ बिहीबार  २ : २४ बजे