आइसिसी क्रिकेट विश्वकप लिग- २: नेपाल र स्कटल्याण्ड भिड्दै



काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र स्कटल्याण्ड आमने सामने हुँदैछन् ।

टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुँदैछ ।

नेपाल र स्कटल्याण्ड एकदिवसीय क्रिकेटमा यसअघि ११ पटक खेलेका छन्, जसमा नेपालले ५ र स्कटल्याण्डले ५ जित हासिल गरेका छन् भने एक खेल बिना नतिजा सकिएको थियो ।

जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २६ खेल खेलेर ९ जित र १५ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा २० अंक हासिल गरेको छ नेपाल हाल सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्ड भने अहिलेसम्म ३० खेलमा १६ जित र ८ हारसहित ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०८३ सोमबार  ७ : ५३ बजे