स्विट्जरल्यान्डको अनुदान स्वीकार गर्ने सरकारको निर्णय, हटाइएका सुकुम्वासीलाई २५ हजार



काठमाडौं । सरकारले काठमाडौंको नदी किनारबाट हटाइएका भूमिहीन तथा सुकुम्वासी परिवारलाई पुनर्स्थापनाका लागि प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ दिने भएको छ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले पूर्वाधार विकास मन्त्रालयको प्रस्ताव बमोजिम जोखिमयुक्त बस्तीबाट विस्थापित भएकाहरूको रुजु गरी उक्त रकम उपलब्ध गराउने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारि दिए ।

वैकल्पिक बसोवासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्ने उद्देश्यले ५ सदस्य सम्मको परिवारलाई मासिक १५ हजार र सोभन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप २ हजार रुपैयाँका दरले हाललाई ३ महिनाका लागि बसोवास व्यवस्थापन खर्च प्रदान गरिने बताए ।

आफ्नो व्यवस्थापन गर्न नसक्ने वृद्ध, अशक्त तथा असहाय व्यक्ति र परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्थापन गरिने निर्णय भएको छ ।

तेस्तै प्रवक्ता पोखरेलका अनुसार सरकारले स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ६।११६ मिलियन स्विस फ्र्यांक अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

तेस्तै अरनिको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने ७९।३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारि दिए ।

प्रकाशित मिति : जेष्ठ ५, २०८३ मंगलबार  ६ : ०९ बजे