प्रश्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन



काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।

प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका शर्मालाई समितिको मंगलवार बसेको संसदीय समितिको बैठकले अनुमोदन गरेको हो ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम ५ बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको समितिका सभापति वोधनारायण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ५, २०८३ मंगलबार  ६ : १८ बजे