प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ।

आजको बैठकका लागि मुख्य गरी निर्वाचन र मतदाता नामावली सम्बन्धी दुईवटा महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नुहुनेछ।

उक्त प्रस्ताव स्वीकृत भएपछि बैठकमा सो विधेयक प्रस्तुत गरिने कार्यसूची रहेको छ।

प्रकाशित मिति : जेष्ठ ६, २०८३ बुधबार  ७ : ४६ बजे