काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रम शक्ति पार्टी, नेपालका सांसदहरुलाई आफनो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिएका छन् ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकमा पनि सो पार्टी अध्यक्ष हर्कराज राईसहितका सांसदहरुले प्लेकार्ड देखाएर बैठक अवरुद्ध पारेपछि उनले सो चेतावनी दिएका हून । ।
सभाको मर्यादाविपरित संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने, गरेकोले उक्त पार्टीका सांसदहरुलाई प्रतिनिधिभास नियमावली, २०७९ को नियम ३० बमोजिम आफनो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुपरेको सभामुख अर्यालले स्पष्ट पारे ।














