प्रधानमन्त्री बालेनको तर्फबाट संसद्‌मा दुई विधेयक पेस



काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गरिएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो विधेयक पेश गरेकी हून् ।

त्यसैगरी उनले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि पेश गरिन् ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ ६, २०८३ बुधबार  २ : ०३ बजे