प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

सिंहदरबारस्थित संसद् भवनमा बिहान ११ बजेका लागि बोलाइएको उक्त बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव र दफावार छलफलका कार्यसूचीहरू तय गरिएका छन्।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ‘पहिलो संशोधन’ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नेछन्।

यसका साथै मन्त्री गौतमले नै ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि पनि विचार गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : जेष्ठ ७, २०८३ बिहीबार  ८ : ०२ बजे