काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले देशका प्रमुख सरकारी आमसञ्चार तथा नियामक निकायहरूमा रिक्त रहेका शीर्ष नेतृत्व पदहरूका लागि खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले प्रेस काउन्सिल नेपालको अध्यक्ष, सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि योग्य तथा इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेको हो।
यी महत्त्वपूर्ण सार्वजनिक पदहरूको दरखास्त आह्वान सम्बन्धी विस्तृत सूचना आजको गोरखापत्र दैनिकमा आधिकारिक रूपमा प्रकाशित गरिएको छ।
इच्छुक आवेदकहरूले पदका लागि आवश्यक दरखास्त फाराम, तोकिएको न्यूनतम शैक्षिक योग्यता तथा अनुभव, संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू र छनोट प्रक्रिया लगायतका सम्पूर्ण विस्तृत विवरणहरू सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइट धधध।mयअष्त।नयख।लउ मा गएर सजिलै हेर्न र डाउनलोड गर्न सक्ने मन्त्रालयले जनाएको छ ।














