कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज



विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।

कोशीको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको हो ।

आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०८३ बिहीबार  १० : ३४ बजे