काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साह संसदको अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन्।
बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसदको अंग हो कि होइन ? भनेर प्रश्न समेत गरे ।
उनले प्रधानमन्त्री साहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको जिकीर पनि गरे । विपद व्यवस्थापनमा सरकार गम्भिर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री साह संसदमा नआएकोमा नेता केसीको आपत्ति थियो ।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । विपद्को विषय गृह मन्त्रालयले गम्भीरतापूर्वक लिने विषय हो । अब उहाँ नै गृहमन्त्री हुनुहुन्छ । उहाँ स्वयं आफू यो संसदको अंग हो कि होइन ? सभामुखजी मैले चाहिँ थाहा पाएको छैन है । उहाँ भन्दै साम्राज्यको कहीँको टापुको सम्राट् हो कि यो संसदको पनि अभिन्न अंग हो ?’।














