प्रधानमन्त्री साह संसदमा आएर जवाफ दिनुहुन्छ : रवि लामिछाने



काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह उपस्थित हुने बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सभापति लामिछानेलाई सञ्चारकर्मीले प्रधानमन्त्रीलाई संसद बैठकमा किन ल्याउन सक्नुभएन ? भनेर प्रश्न गरेका थिए । जवाफ सभापति लामिछानेले प्रधानमन्त्री बैठकमा सहभागि हुने बताएपनि कहिले सहभागि हुनेबारे खुलाएनन् ।

उनले प्रधानमन्त्री आउने र जवाफ दिने पनि जिकिर गरे । ‘आउनुहुन्छ । देखिइरहनुभएको छ । थाहा पाइहाल्नुहुन्छ नि,’ लामिछानेले भने,‘यो समय छिटो काम गर्नुपर्छ भनेर गरेको हो । हामीलाई विधानको बाध्यता पनि छ । हाम्रो तयारी पूर्ण छ,’ उनले भने ।

प्रकाशित मिति : जेष्ठ ७, २०८३ बिहीबार  ८ : १९ बजे