काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
लिग–२ (२०२३–२०२७) को शृङ्खला अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा नेपालले शुक्रबार शीर्ष स्थानको अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
शुक्रबारको खेलमा अमेरिकालाई हराउँदै नेपाल घरेलु मैदानमा जारी शृङ्खलालाई सुखद् बनाउन चाहन्छ । अघिल्लो खेलमा नमिठो हारको सामना गरेको अमेरिका भने बदला लिन चाहन्छ । अमेरिका र नेपालबीचको यो महत्त्वपूर्ण खेल शुक्रबार बिहान ९ः३० बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।














