एमाले सचिवालय बैठक सुरु



काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा गत शुक्रबारदेखि बैठक जारी छ ।

शुक्रबार र शनिबार पनि नेताहरूले बोल्ने क्रम नसकिएपछि बैठक आज पुनः बसेको हो ।

आजको बैठकमा अध्यक्ष ओलीले नेताहरुले उठाएका प्रश्नका जवाफ दिने कार्यसूची छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०८३ आईतबार  १२ : ४० बजे