रास्वपाले सार्वजनिक गर्‍यो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक साङ्गठनिक र निर्वाचनसम्बन्धी प्रक्रियाहरूको समयसीमा निर्धारण गरिएको हो।

केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा जारी परिपत्रअनुसार महाधिवेशनका लागि देशैभर सांगठनिक संरचना परिचालन गरिएको छ, जसअन्तर्गत ७७ वटै जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ।

सार्वजनिक कार्यतालिकाअनुसार आगामी जेठ १५ गतेभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ भने जेठ १० गतेभित्र त्यसको आधिकारिक परिपत्र र माइन्युटको प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्ने प्रावधान राखिएको छ।

प्रकाशित मिति : जेष्ठ १०, २०८३ आईतबार  ४ : १५ बजे