काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने भएका छन् ।
यस वर्ष टुँडिखेलमा हुने मुख्य समारोहलाई राष्ट्रपति कार्यालयले सम्बोधन गर्ने तयारी गरेको छ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद्को निर्णय अनुसार गणतन्त्रको प्रतीकका रूपमा राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्राचार गरेको स्रोतले जनाएको छ।
परम्परागत रूपमा गणतन्त्र दिवसको मुख्य समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन रहँदै आएको थियो। तर यसपटक संविधानको व्यवस्था र सरकारको निर्णयअनुसार राष्ट्रपतिलाई सम्बोधनको जिम्मा दिइएको बताइएको छ।














