संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकार प्रतिवद्ध छः मन्त्री गौतम



काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोेविता गौतमले संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पु¥याउन सरकार प्रतिवद्ध रहेको बताएकी छन् ।

सोमवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सो प्रतिवद्धता व्यक्त गरेकी हून् ।

मन्त्री गौतमले सो कार्यलाई निष्कर्षमा पुर्याउनका लागि सबै दलहरुसँग सहकार्य गरेर अघि बढ्ने समेत बताइन्।

संक्रमणकाली न्याय निरुपणका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग सम्बन्धि नियमावली र पीडितका लागि परिपुरण कोष सञ्चालनमा ल्याइएको पनि उनले बताइन् ।

उनले भनिन्, ‘संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनका लागि आवश्यक वित्तिय व्यवस्थापन, रणनीति तथा कार्ययोजना तयार गरिने र राजनीतिक तहमा आवश्यक संवाद र परामर्शको प्रक्रिया निरन्तर अगाडि बढाइँदै छ। यो निरन्तर भई नै रहेको छ। दलसँग मात्रै नभएर सबै स्टेकहोल्डरहरुसँग परामर्श भइरहेको छ। संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्ण रुपमा प्रतिबद्ध छ।’

मन्त्री गौतमले सो कामलाई तार्किक निष्कर्षमा पुर्याउनका लागि सरकारले सोसँग सम्बन्धित विषयबस्तुहरुको अभिलेखीकरण गर्ने कामलाई पनि अघि बढाएको बताइन्।

प्रकाशित मिति : जेष्ठ ११, २०८३ सोमबार  २ : ३० बजे