इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग आज छलफल गर्दै प्रधानमन्त्री बालेन



काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग आज संयुक्त भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।

यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग यसै गरी सामूहिक भेट र संवाद गरेका थिए।

प्रकाशित मिति : जेष्ठ १२, २०८३ मंगलबार  ८ : ०३ बजे