श्रम संस्कृति पार्टीका सबै कार्यक्रम र प्रचार सामग्रीमा अध्यक्ष साम्पाङको तस्वीर अनिवार्य गर्न निर्देशन



काठमाडौँ । श्रम संस्कृति पार्टीले आफ्ना विभिन्न कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।

कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाले जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, वडा तथा टोल तहसम्मका सबै संरचनालाई सम्बोधन गर्दै यस्तो निर्देशन जारी गरेका हुन्।

जारी गरिएको पत्रमा पार्टी मातहतका सबै तहमा सञ्चालन हुने कार्यक्रमका ब्यानर तथा प्रचार–प्रसार सामग्रीहरूमा “श्रम पिता” भनेर सम्बोधन गरिएका अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा समावेश गर्न भनिएको छ।

प्रकाशित मिति : जेष्ठ १२, २०८३ मंगलबार  ३ : ०१ बजे