सगरमाथाको संरक्षण र दिगो पर्यटनमा राष्ट्रपतिको जोड



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न सरोकारवालाहरूसमक्ष आग्रह गरेका छन् ।

मे २९ अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा विश्वभरका पर्वतारोहीहरूको उपस्थितिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हून् ।

“जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा बढ्दो फोहोरजस्ता समस्या अहिले ठूलो चुनौती बनेका छन् । यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र सहकार्य आवश्यक छ,” उनले भने ।

सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर राष्ट्रको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गरे ।

प्रकाशित मिति : जेष्ठ १३, २०८३ बुधबार  १० : १८ बजे