निशा डाँगीको प्रश्न– नयाँ संसद भवनको कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ?



काठमाडौं । रास्वपाकी सांसद निशा डागीँले संसद्को नयाँ भवनमा राखिएको कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको भन्दै प्रश्न गरेकी छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सभामुख र सांसद् बस्ने कुर्सीबारे प्रश्न गरेकी हुन् ।

“दुईरतीन दिनपछि हामी नयाँ सदन जादै छौँ । उक्त सदनमा सम्माननीय सभामुख र हामी सांसद बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ?,” उनले सोधिन् ।

उनले महालेखाले स्वदेशी काठको प्रयोग नहुँदा अर्बौं बाहिरिएको औंल्याएको बताइन् ।

काठमा परनिर्भरता बन्द गर्न उनको माग छ । “परनिर्भरता बन्द गर्नैपर्छ । सुरुआत यही संसद् भवन र सिंहदरबारबाट गरौँ,” उनको माग छ ।

देशमै उत्पादन भएको काठबाट उत्पादन भएको फर्निचर प्रयोग गर्नुपर्ने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन् ।

प्रकाशित मिति : जेष्ठ १३, २०८३ बुधबार  १२ : ५६ बजे