काठमाडौं । जेनजी आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न आयोगले समिति गठन गरेको थियो ।
उक्त प्रतिवेदन बुधबार सार्वजनिक गरिएको हो ।
‘गत २०८२ भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनको क्रममा भएका मानव अधिकारको उल्लङ्घनका सम्बन्धमा आयोगको मिति २०८३/२र१२ गतेको बैठकले निर्णय र सिफारिस गरी सिफारिस कार्यान्वयन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ। यसअघि घटनाको अनुसन्धान गर्न आयोगद्वारा गठित समितिले अनुसन्धान सम्पन्न गरी आयोगलाई प्रतिवेदन पेस गरेको थियो प्रतिवेदन उपर भएको निर्णय र सिफारिसको विस्तृत विवरण यसै साथ संलग्न गरिएको छ,’ प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।














